राजन कुमार बानिया पर्सा ८ चैत । बिश्व वन दिवसको अवसरमा अाज पर्साको जगरनाथपुर गाउँपालिकामा बृक्षारोपन कार्यक्रम गरि मनाएको छ। बिश्व वन दिवसको अवसरमा समृद्धिका लागि वन प्रयोजना कार्यक्रम अन्तर्गत जगरनाथपुर गाउँपालिका वडा नं ५ मसिहानीमा रहेको पशुपक्षि सेवा कार्यालयको प्रागंणमा गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले बिभिन प्रजातीका बोट बिरुवा लगाएर बृक्षारोपन गरि उद्घाटन गर्नु भएको थियो।उद्घाटन गर्दै अध्यक्ष यादवले भने स्वच्छ बाताबरणको लागि बोट बिरुवा को जरुरी रहेको छ। बृक्ष बाट जिवन मा धेरै नै फाईदा हुने भएको ले गाउँपालिका भरिका जनसमुदाय हरु लाई अा अाफ्ना घर वरिपरि र खेतबारीमा बोट बिरुवा लगाउन अाग्रह समेत गरे।गाउँपालिकाले अहिले दुई ठाउँमा सार्बजनिक जग्गामा वन जंगल लगाएको छ। बृक्षारोपन कार्यक्रम गापा अध्यक्ष श्रीकान्त यादवको अध्यक्ष्ातामा सम्पन्न भएको छ।

बृक्षारोपन कार्यक्रममा उपाध्यक्ष बबिता सिंह , प्रमुख प्रसाशकिय अधिकृत सन्देश यादव, बन अधिकृत पप्पु यादव,वडाअध्यक्ष बिहारी महतो नुनिया,वडाअध्यक्ष नेपाली कुशवाहा, नेपाली काँग्रेसका नेता प्रेम थापा,रमेश कुशवाहा,शिक्षा प्रमुख असोक सिंह,ईन्जिनियर महम्द सदाम हुसेन , जनप्रतिनिधि ,,कर्मचारी ,पत्रकार स्थानिय हरु को सहभागिता रहेको थियोे ।