बिरगंज २६ फागुन । पर्सा जिल्लाको धोबिनी गाउँपालिका-४, लंगडीमा रहेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा द्वारा आयोजित केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता अभियान आज सफलतापूर्वक सम्पन्न भएको छ।

गोष्ठीमा वित्तीय साक्षरता सम्बन्धी महत्त्वपूर्ण जानकारी प्रदान गरियो। वक्ताहरूले गरिब तथा असाक्षर महिलाहरूलाई बिना धितो ऋण उपलब्ध गराई आत्मनिर्भर बनाउने, साना व्यवसाय, भैंसी पालन, बाख्रा पालन जस्ता उद्यमशील कार्यमा सहयोग गर्ने संस्थाहरूको भूमिकाबारे प्रकाश पारे। साथै, यस्ता संस्थाहरूको संरक्षण आवश्यक रहेको र समयमै ऋण फिर्ता गर्नुको महत्त्व समेत चर्चा गरियो।

कार्यक्रममा वडा अध्यक्ष अबास मियाँ चुरिहारको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाका कलैया क्लस्टर प्रमुख किरण बिष्ट, मकसुद अंसारी, लंगडी शाखा प्रमुख फनिन्द्र कुमार साह, सुवर्णपुर शाखा प्रमुख जयमंगल साह, डोकैला शाखा प्रमुख सुजन क्षेत्री, लंगडी शाखाका कर्मचारीहरू रितेश चौहान, प्रकाश चौधरी, दिपेन्द्र चौधरी, सचिता चौधरी, कविता चौधरी, तथा विभिन्न केन्द्रका केन्द्र प्रमुख महिलाहरूको सहभागिता रहेको थियो।