पर्सा :  पर्साको  जगरनाथपुर गाउँपालिकामा तेस्रो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको अाज सम्पन्न भएको छ।

जगरनाथपुर तेस्रो पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता दुई दिन सम्म चलेको खेलमा समग्रमा प्रथम श्री नेरामाबी मसिहानीलाई प्रमुख अतिथि रहनु भएका गाउँपालिका अध्यक्ष श्रीकान्त यादवले मेडल तथा प्रमाणपत्र बितरण गर्नुभएको थियो।

प्राबि तर्फ पथम नेराप्रबी संठी ,दोस्रो मसिहानी,र तेस्रो नेराप्राबी पिडारी गुठी,। निमाबी तर्फ प्रथम जगरनाथपुर दोस्रो मसिहानी र तेस्रो संठी रहेको छ। माबी तर्फ प्रथम श्री नेरामाबी मसिहानी भएको छ भने दोस्रो हुनेमा श्री नेरामाबी संठीअौराहा,र तेस्रो हुनेमा श्री नेरामाबी जगरनाथपुर रहेकोले गाउँपालिका अध्यक्ष श्रीकान्त यादव ,उपाध्यक्ष बबिता सिंह, र गाउँपालिका प्रमुख प्रसाशकिय अधिकृत सन्देश यादवले शिल्ड र प्रमाणपत्र बितरण गर्नु भएको थियो ।शिल्ड प्रमाणपत्र बितरण गर्दै अध्यक्ष यादवले भने

खेलकुद शरिरको लागि शारीरिक व्याम भएकोले खेलकुद स्वास्थ्यको लागि एक किसिमको औषधि नै हो तथा उमेर अनुसारको प्रत्येक व्यक्तिलाइ शिक्षाको साथै खेलकुद पनी जरुरी रहेको छ।खेलकुद आवश्यक हुन्छ किन भने खेलकुदले शरिर स्वस्थ्य रहनुको साथै जिवमा फुर्तिलो हुने बताए।

बिधार्थीहरुलाई अा अाफ्नो क्षमता देखाएर जित हासिल गर्नु भएकोमा सम्पुर्ण बिधार्थी भाई बहिनी हरुलाई बधाई सहित दिनु भएको थियो। साथै १६ वटा बिधालयका बिधार्थीहरुले भाग लिएका थिए।

तेस्रो पालिका स्तरिय रास्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा हाईजम्प,दौड ,लौगजम्प, सनातुन खातुनले बिभिन खेल बाट सात पदक हासिल गर्नु भएको थियो। अनिता चौहानले छव वटम पदक लिएको थियो भने संठी का लक्षमी पटेलले पाच वटा पदक हासिल गर्नु भएको थियो।

कार्यक्रम वडा नं ५ का वडाअध्यक्ष बिहारी महतो नुनियाको अध्यक्ष्ातामा सम्पन्न भएको थियो। बिशिस्ट अतिथि गा.पा उपाध्यक्ष बबिता सिंह ,अतिथि प्रमुख प्रसाशकिय अधिकृत सन्देश यादव ,लेखापाल सन्देश कुशवाहा,लक्ष्मी साह, नेपाली कुशवाहा,प्रभु महतो,शिक्षा शाखा प्रमुख असोक सिंह, स्वास्थ्य शाखा प्रमुख प्रबेन्द्र साह, साह, ईन्जिनियर सादाम हुसेन मंजय गिरी,पालिका सदस्य सम्पुर्ण बिधालयको प्र.अ, वडा सदस्यहरु, स्थानीयबासी बिधार्थी, लगायतको सहभागिता रहेको थियो।कार्यक्रम संचालन शिक्षक रुपनारायण साह ले गर्नु भएको थियो ।

समाप्न कार्यक्रममा छात्रा हरु ले नृत्य प्रस्तुत गरेका थिए।प्रतियोगिताको समापन कार्यक्रमामा शिक्षक ,कर्मचारी पत्रकार ,र सुरक्षाकर्मी लगायत लाई सममानित गरेको थियो।