राकेश यादव

पौष ८ रौतहट ___ रौतहट जिल्लाको इलाका प्रहरी कार्यालय शिवनगरमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय रौतहटको मातहत इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक निलेश पाठकलाई मङ्सिर महिनाको उत्कृस्ट प्रहरी घोषणा गरिएको छ । विभागीय मुल्य मान्यता, आदेश -निर्देशनको पालना गरी व्यवसायिक , लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तन्य निर्वाह गरी शान्ति सुरक्षाको क्षेत्रमा विशेष योगदान पुर्याउने कार्य गरेको पाठकलाइ २०८२ साल मङ्सिर महिनाको उत्कृस्ट प्रहरी सम्मानबाट पुरस्कृत गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालका अनुसार मङ्सिर महिनाको उत्कृस्ट प्रहरी घोषणा भाएका पाठकलाइ प्रहरी उपरीक्षक रबिन कार्कीले प्रशंसा पत्र प्रदान गरि सम्मानित गरेका हुन् । प्रहरी सहायक निरीक्षक निलेश पाठकले २०८२।०८/०५ गते रौतहट चन्द्रपुर नपा वड नं ०६ स्थित फारार रहेका प्रतिवादी रामेश्वर राउतलाई , मिति २०८२।०८|०९ गते जिल्ला रौतहट चन्द्रपर न.पा वडा नं ०४ स्थित दिनेश कुमार कोलीले गाडिको लागि पर्खि रहेको अवस्थामा निजको साथबाट नक्कली गुट्का ३ (तिन) बोरा सहित पक्राउ गरेका छन् ।

त्यस्तै २०८२ा०८|१३ गते बिशेष सुचनाको आधारमा जिल्ला रौहट चन्द्रपुरी न पा. वडा नं. ०४ स्थित ऐ. बस्ने भोला साह कलवारलाई चेकजाँच गर्दा निजको साथबाट लागूऔषघ खैरो हिरोईन १९० मि.ग्रा. बरामद गरि पक्राउ कार्यमा महत्वपूर्ण भुमिका निर्वाह गरेको, मिति २०८२।०८/१४ गते जिल्ला रौतहट चन्द्रपुर न पा. वडा न ०६ स्थित ऐ । बस्ने राजेश राई लागू औषध खैरो हिरोईन बेचविखन गरि रहेको अवस्थामा निजलाई पक्राउ गर्न सफल भएको, मिति २०८२।०८|१६ गते चोरी डॉँका गरि फरार रहेका जिल्ला रौतहट चन्द्रपुर न.पा. वडा नं ०४ स्थितमा बस्ने आस महमद, बिशाल महर्जन ऐ ५ बस्ने नवराज झा, अतुलेश दास र शुभम कुशवाहालाई CCTV फुटेज विश्लेषण गरि ऐ.न.पा. वडा नं. ५ स्थितबाट पक्राउ गर्ने तर्फ प्रशंसनीय काम गरी प्रहरीको छवि उच्च वनाउने तर्फ उल्लेखिनीय कार्य गरेकाले उत्कृस्ट प्रहरी घोषणा गरिएको प्रहरी उपरीक्षक कार्कीले बताएका छन् । उत्कृस्ट प्रहरी घोषित भएका पाठकलाइ प्रहरीको छवि जोगाउने कार्य र शान्ति सुरक्षा कायम गर्ने कार्यमा अझ राम्रो प्रगति गरोस भनि कामना गर्दै बधाई समेत दिएका हुन् ।