चैत्र २४ काठमाडौँ __सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेसँगै सर्वोच्च अदालतले पनि बिदा दिने भएको छ । सोमबार बसेको अदालतको पूर्ण बैठकबाट प्रत्येक शनिबार र आइतबार बिदा हुने भन्दै सूचना जारी गरेको छ ।

सोमबार देखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म साथै कार्तिक १६ गते देखि माघ १५ गतेसम्म अपराह्न ४ बजेसम्म कायम हुने छ। यसअघि सरकारले दुई बिदा सँगै कार्यालय समयबारे निर्णय गरेको थियो ।