माघ २९ वीरगंज ___राप्रपा पर्साको आयोजनामा वीरगंज महानगरपालिकाको वडा नं.३१ शोलखपुरमा बृहत पार्टी प्रवेश एवम बुथ कमिटी गठन कार्यक्रममा सम्पन्न भएको छ । पर्सा क्षेत्र नं. १का उम्मेदवार नन्दु श्रीवास्तवको प्रमुख अतिथ्यमा भएको कार्यक्रम स्थानिय राप्रपा नेता गोपाल न्योपानेको अध्यक्षतामा भएको सम्पन्न भएको हो ।

कार्यक्रममा संयुक्त महिला समूह सहित सयौं स्थानीय युवाहरुले पार्टी प्रवेश गरेको पर्सा पार्टीका प्रवक्ता मनोज कुमार मिश्रले जानकारी दिनु भयो । नब प्रवेशीहरुलाई कार्यक्रमका प्रमुख अतिथि क्षेत्र नं. १का उम्मेदवार नन्दु श्रीवास्तवले स्वागत गरेका थिए । कार्यक्रममा जय देश जय नरेश जय राष्ट्रवादको नारा लागेको थियो । स्तानिय सबैले उम्मेदवार श्रीवास्तवलाई खुलेर सहयोग गर्ने बताइएको छ । सो क्रममा स्थानियले मतदाताले देखाएको उत्साहामा उम्मेदवार श्रीवास्तवलाई उर्जा प्राप्त भएको प्रतिक्रिया दिएका छन ।