पौष १४ काठमाडौं_ प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउन ५५ दलले धरौटी बुझाएका छन् । आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार हालसम्म समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझाउन ५५ दलले धरौटी बुझाएका छन् । हालसम्म १५ दलको बन्दसूची दर्ता भएको छ।

१०० वटा राजनीतिक दलले ९३ चिह्नमार्फत समानुपातिक प्रणालीतर्फको निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । आयोगले सार्वजनिक गरेको तालिका अनुसार समानुपातिकतर्फ आज बन्दसूची पेश गर्ने अन्तिम समय हो। भट्टराईले राती १२ बजेसम्म समय तोकिएपनि भित्र प्रवेश गरेकालाई सेवा दिने जानकारी दिए। उनले भने, ‘आज सेवा लिन कार्यालयभित्र आएकालाई हामीले बन्देज लगाउँदैनौं।’ भट्टराईले बन्द सूची पेश गर्ने समय थप नहुने बताए।

आयोगले पेश भएका नामावलीमाथि पुस १५ गतेदेखि २० गतेसम्म आयोगले छानबिन गर्नेछ। त्रुटि देखिएमा पुस २१ देखि २७ गतेसम्म दलहरूलाई सच्याउन वा मिलाउन समय दिने माघ ४ गते बन्दसूची प्रकाशन हुनेछ। आयोगले माघ २० गते उम्मेदवारको अन्तिम सूची प्रकाशन गर्नेछ।