रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

घटनामा अरु ६ जना कामदार घाइते भएका छन्। विस्फोटबाट डिस्टिलरी परिसरमा समेत क्षति पुगेको छ ।

इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्द्र पौडेलका अनुसार विस्फोटमा परेर कटहरिया नगरपालिका–९ बलुवा गाउँका ४० वर्षीय लक्ष्मण यादवको घटनास्थलमै मृत्यु भएको छ ।

पौडेलका अनुसारर विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ भने बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली र प्रेमजित राय, र जगदिश राय घाइते भएका छन्।

घटनाका घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरूलाई प्रारम्भिक उपचारपछि एम्बुलेन्समार्फत वीरगंज पठाइएको छ ।