राकेश यादव

पौष ९ रौतहट ___ बंगलादेशमा हिन्दु युवाको निर्मम तरिकाले गरिएको हत्याको बिरुद्द बुधवार रौतहट जिल्लाको सदरमुकाम गौरमा हिन्दुवादी संस्थाले बिरोध प्रदर्शन गरेका छन् । बंगलादेशमा मुस्लिम समुदायको समुहले प्रहरी सुरक्षामा रहेका हिन्दु युवा दिपु चन्द दासलाइ समातेर हत्या गरि शवलाइ रुखमा झुन्ड्याएर आगो लागेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछी बंगलादेश सरकार र घटना घटाउने समुहको विरुद्ध नेपाल लगायत विभिन्न ठाउमा सनातनी धर्मालम्बीहरुले कडा आलोचना गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

अल्पसंख्यामा रहेका हिन्दु समुदाय माथि बंगलादेशी मुस्लिम समुदायले पटक पटक हमला गर्दा पनि बंगलादेश सरकारले सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै आलोचना गरेका छन् । हुन्दु सम्राट सेना नेपाल जिल्ला कार्य समिति रौतहटको आयोजनामा गौर स्थित बसपार्कबाट जय श्री रामको नारा सहित निस्केका बिरोध रैली गौर नगर परिक्रमा गर्दै घण्टाघर चौकमा कोण सभामा परिणत भएका थिए । कोण सभामा जिल्ला अध्यक्ष राज भुषण श्रीवास्तवले बंगलादेश सरकारको नकामीको हिन्दु समुदाय माथि आक्रमण हुदै आएको आरोप लगाए । उहाले जिउदै हिन्दु युवा दासलाइ जलाउदै गर्दा जिहादी सरकारले मुखदर्शकको रुपमा बसेको टिप्पणी गरे ।

मानव अधिकारको घोर उलंघन गर्दै गरिएको क्रुरतापूर्ण घटनाको निष्पक्ष रुपमा छानविन गरि दोषीलाइ कडा भन्दा कडा कार्यवाही नगरे सम्म हिन्दु समुदाय चुपलागेर नबस्ने समेत चेतावनी दिए । बिरोध रैलीमा सहभागी भएका हिन्दु समुदायका समर्थकहरुले बंगलादेश सरकार तथा मुस्लिम समुदायको बिरुद्ध कडा रुपमा नारावाजी समेत गरेका थिए । हिन्दुवादीहरुले साझमा दिप प्रज्वलन गरि मृतक दास प्रति श्रदान्जली समेत अर्पण गरेका छन् ।