पौष ४ काठमाडौँ ____नेकपा एमालेको बैठक आज दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्ने भएको छ । एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो आज बस्न लागेको हो । तेस्रोपटक अध्यक्षमा निर्वाचित केपी शर्मा ओलीसहित सिङ्गो पदाधिकारी र केन्द्रीय सदस्यहरूले शपथग्रहण बिहीबार नै गरिसकेका छन् । हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनले ३०१ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ ।