रौतहट । बैशाख ९ गते ।राष्ट्रिपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना नहुँदा रौतहटसहित प्रदेश २ का खेलाडीहरु बिगत दुई बषदेखि प्रतियोगितामा खेल्नबाट बञ्चित भएका छन् । गत बर्ष कोरोनाका कारण राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुन सकेको थिएन । त्यसअघि प्रदेश २ प्रतियोगिता हुन सकेको थिएन । यस बर्ष देशका अन्य प्रदेशमा राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता धमाधम भईरहेको भएपनि प्रदेश २ का कुनै पनि जिल्ला र स्थानीय तहमा प्रतियोगिता हुन सकेको छैन ।

प्रदेश २ को सामाजिक विकास मन्त्रालयको चरम लापारबाहीका कारण यो प्रदेशमा राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुन नसकेको खेलाडी र खेलकर्मीहरुले बताएका छन् । सामाजिक विकास मन्त्रालयको बेवास्ताका कारण प्रदेश २ मा सो प्रतियोगिता हुन नसकेको मध्यामाञ्चल क्षेत्रीय खेलकुद विकास समिति प्रदेश २ का कार्यालय प्रमुख मोहमद ज्याहुल हकले बताए । ‘सामाजिक विकास मन्त्रालयले प्रदेश स्थानीय तहमा खेल संचालनका लागि बजेट नपठाएका कारण प्रदेश २ का जिल्लामा प्रतियोगिता संचालन हुन नसकेको हो’, उनले भने ।

सरकारी तवरबाट संचालन हुने राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता नहुँदा तीन बर्ष पहिला भएको राष्ट्रव्यापी राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रदेश २ को सहभागिता हुन सकेको थिएन । राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता हुन नसक्दा खास गरेर एथलेष्टीक, हाइजम्प, लङजम्प, भलिभल, कवडी, कराते, तेक्वादोलगायत खेलका खेलाडी प्रतियोगितामा सहभागि हुनबाट बञ्चित भएका नेपाल सितोरियो कराँते संघ रौतहटका अध्यक्ष अशोक पहाडीले बताए ।

सरकारी तवरबाट हुने यस्ता प्रतियोगिता संचालन गर्न प्रदेश २ सरकार पछाडी परेका कारण खेल क्षेत्रमै प्रदेश २ पछाडी परेको सिराहाको गोलबजारका कराते प्रशिक्षक कसम लामाको भनाइ रहेको छ । देशका अन्य जिल्ला र स्थानीय तहमा राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता समेत देशव्यापी रुपमा हुने प्रतियोगितामा जुटिरहेका बेला प्रदेश २ का खेलाडी भने अन्यौलमा रहेका छन् । विद्यालय स्तरबाट खेलाडी छनौट गरेर राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता हुने अवसरबाट प्रदेश २ का खेलाडी बञ्चित हुदै आएको भएपनि प्रदेश सरकारको ध्यान त्यसतर्फ जान नसकेको फुटबल संघ प्रदेश २ का अध्यक्ष नेपाल कार्कीको भनाइ छ ।

रौतहट लगाएतका प्रदेश २ का जिल्लाका स्थानीय तहले राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता संचालनका लागि प्रदेश सरकारले बजेट नपठाएका कारण प्रतियोगिता संचलान हुन नसकेको बताउदै आएका छन् । जिल्ला खेलकुद विकास समिति रौतहटका कार्यलय प्रमुख बिरेन्द्र ढुंगानाले स्थानीय तहले आ–आफ्नो पालिका स्तरीय खेल छनौट गरेर जिल्लामा पठाएपछि जिल्ला स्तरीय छनौट गरेर आफुहरु प्रदेश स्तरिय छनौटका लागि पठाउने ब्यावस्था भएको भएपनि पछिल्लो केही बर्षदेखी जिल्ला स्तरिय छनौट नै हुन नसकेको बताए ।

अन्य खेलका जिल्ला स्तरीय, प्रदेश स्तरीय र राष्ट्रिय स्तरका प्रतियोगिता हुने गरेको भएपनि सरकारी तवरबाट प्रतियोगिता नहुँदा खेलागी मारमा परेको एथलेष्टीक खेलका स्वयमसेवक प्रशिक्षक मालिक चौधरीले गुनासो गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय