काठमाण्डौ । कर्तिक १४ गते । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरले बाल विवाह विरुद्धको १५ दिने अभियान चलाउने तयारी गरेको छ । प्रदेश प्रहरीले कार्यालयमा पत्रकार सम्मेलन गरेर बाल विवाहलाई निरुत्साहित तथा नियन्त्रण गर्न कार्तिक १४ गते देखि २८ गतेसम्म अभियान संचालन गर्ने जनाएको छ । १५ दिनको अवधिमा नगरपालिका, गाउँपालिका, वडा, र विभिन्न संघसंस्थासंग समन्वय गरेर एक हजार २ सय ३१ वटा जनचेतनामुलुक कार्यक्रम गर्ने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।

बाल विवाहकै कारण शारिरीक तथा मानसीक समस्या, घरेलु हिंसामा वृद्धि, सामाजिक, आर्थिक र पारिवारीक समस्या संगै अपराधिक कृयाकलाप समेत सृजना हुने भएकाले यसको न्युनिकरणका लागि पहिलो पटक प्रहरीले यो अभियान थालेको वरिष्ठ उपरीक्षक वैदवारले बताउनुभयो ।प्रहरीले अभियानलाई सफल बनाउन प्रहरी कर्यालय अगाडि, बजार र राजमार्गमा व्यानर तथा प्लेकार्ड राख्ने, डिउटीमा रहेका प्रहरीबाट प्लेकार्ड देखाउने, नागरिकहरुको बढी भिडभाड र हिडडुल गर्ने स्थानमा पोष्टर टाँस्ने, गाउँघरमा माईकिङ गर्ने, विभिन्न संचार माध्यामबाट अभियानको जानकारी गराउने लगाएतका कार्यक्रम तयार गरेको छ ।२० बर्ष नपुग्दै गरिने विवाहलाई बाल विवाह भनिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय