काठमाण्डौ । जेठ १० गते । नृपालमा शनिबार साँझ फेरि थप ७ जनामा कोरोनाको भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा आज मात्र ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । यसै साथ संक्रमितको संख्या ५९१ भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार दिउँसो ३६ जना र बिहान ३२ जनामा संक्रमण पुष्टि भएको थियो । साँझ फेरि ७ जनामा कोरोना संक्रमित थपिएका हुन् । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा थप ७ जनामा कोरोना पुष्टि भएको हो ।

रुपन्देहीको गैडहवामा( ३, कपिलवस्तुका ३ र गुल्मी मदाने गाउँपालिकाका एक जना गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा राजेन्द्र गिरीले जानकारी दिए । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९१ पुगेको छ । त्यस्तै ८९ जना निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय