सिरहा । प्रदेश २ सरकार गठन पश्चात बजेट खर्च ग्राफ वर्षेनी बढ्दै गएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ४७ प्रतिशतमात्रै बजेट खर्च गर्न सकेको प्रदेश सरकारले आव २०७६/०७७ मा ५० प्रतिशत खर्च गरेको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा सबैभन्दा बढि वजेट खर्च गर्न सफल भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ६५ दशमलव ५६ प्रतिशत बजेट खर्च गर्न सफल भएको छ । चालु आर्थिक वर्षको ११ महिनासम्ममा प्रदेश सरकारले ३१ दशमलब ४७ प्रतिशत बजेट मात्र खर्च गर्न सकेको थियो । तर असार महिनाको खर्च ह्रवातै बढेपछि खर्च प्रतिशत बढन गएको प्रदेश लेखा नियन्त्रक कार्यालयल जनकपुरले जनाएको छ ।

आर्थिक वर्ष २०७७/०७८ मा ३३ अर्व वजे रहेकोमा प्रदेश सरकारले चालु तर्फ ६१ दशमलव ५६ र पुजितर्फ ६८ दशमलव ८७ प्रतिशत खर्च भएको प्रदेश कोलनिकाले जनाएको छ । प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको ७० दशमलव ७९ प्रतिशत, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको ५० प्रतिशत, भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्रालयको ६६ प्रतिशत, आन्तरिक मामिला तथा कानुन मन्त्रालय ५३ प्रतिशत, भौतिक पुर्वाधार तथा विकास मन्त्रालय ४५ प्रतिशत र समाजिक विकास मन्त्रालय ७० दशमलव ४४ प्रतिशत वजेट खर्च गरेको छ ।

यस अघि विगतमा कोरोना महामारी, कर्मचारी र ऐनको अभावमा प्रदेश सरकारले सोचे जस्तो वजेट खर्च गर्न नसकेको आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादवले बताईन । तर आर्थिक २०७७÷०७८ मा कोरोना महामारीको प्रभाव विकास कम परेको र विगतमा अनुभवले गर्दा पनि विकास वजेट खर्च सन्तोषजनक रहेको राज्यमन्त्री यादवले बताईन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय