राजधानीपाटी डेक्स । सिरहा । सिरहामा यात्रुवाहक वस पल्टिदा एक जनाको मृत्यू भएको छ भने एक दजर्न भन्दा घायते भएको छ । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरिक्षक शुभाष बुढाथोकीले दिएको जानकारी अनुसार सिरहामा वस पल्टिदा एक जनाको घटना स्थलमै मृत्यू भएको छ भने करिव १५ जना भन्दा बढी व्यक्ति घायते भएको छ ।

पूर्व पश्चिम राजमार्ग अन्र्तागत सिरहाको जिरोमाईलबाट सिमावर्ती क्षेत्र वरियारपट्टिका लागि छुटेको यात्रुवाहक वस धनगढीमाई नगरपालिका वडा नम्वर ५ सन्तनगरस्थित वा २ ख ७१९० नम्वरको यात्रुवाहक वस अनियन्त्रित भई दुर्घटना भएको प्रहरी बताएको छ ।

२५ देखि ३० जना सवार वस अचानक दुर्घटना हुदा १ जनाको मृत्यू भएको छ भने १५ जना भन्दा वढी घायते भएको छ । बस अपरान्ह करिव ५ वजे जिरोमाईलबाट सिमावर्ती क्षेत्र वरियारपट्टिका लागि छुटेका थिए ।

घायतेको उपचार स्थानिय हस्पििटलमा भईरहेको छ भने चालक फरार रहेको छ । फरार चालकको तिव्र खोजी गर्दै घटना सम्वन्धि अनुसन्धान जारी रहेको प्रहरी प्रवक्त बुढाथोकीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय