सिरहा । कमला नदीको बाढीले बाँध कटान थालेपछि सिरहा र धनुषाको पूर्वी क्षेत्रका स्थानीयलाई सतर्क गराइएको छ । सिरहा तिर कमला खोलामा बाढीको चाप वढेपछि वाँध भत्किन सकिने मध्यनजर गर्दै वोल्डर र तार जालिले जेसिविको सहायताले आपतकालिन निमार्ण कार्य थालिएको छ । कल्याणपुर नगरपालिका वडा ५ का वडा अध्यक्ष दिपेन्द्र यादव वरवरियाले बताए ।

सोमबार राति कमला नदीमा आएको बाढीले सबैला नगरपालिका–१३ किरतपुरमा नदीको पश्चिमतर्फको बाँध कटान गरेको हो । कटानले थप जोखिम बढने भन्दैबाढीका कारण ६ सय मिटर बाँध जोखिममा परेको छ ।

बाँध कटान गर्न थालेपछि बाढीले डुबान हुन सक्ने क्षेत्रमा प्रहरी परिचालन गरी स्थानीयलाई सतर्क गराइएको र बाँध मर्मतका लागि नेपाली सेना, सशस्त्र प्रहरी परिचालन गरीएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले बताए । ुबाढीको बेगले आधाभन्दा बढी बाँध बगाएको जानकारी आएपछि हामी उतै जाँदै छौं,ु प्रमुख जिल्ला अधिकारी बास्तोलाले भने, ‘बाढी बस्ती क्षेत्रमा पस्ने सम्भावना बढेको छ । बाढीले सहिदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका र सबैला नगरपालिकाको गाउँहरु डुबानमा पर्ने खतरा छ ।’ बाँध बचाउन नेपाली सेना र सशस्त्र प्रहरी मंगलबार बिहानैदेखि परिचालन गरिएको उनले भने ।

धनुषातर्फ किरतपुर र ढोलबज्जमा कमलाको बाढी बाँध कटान गरेको कमला नदी नियन्त्रण आयोजना कार्यालयका प्रमुख एकराज भट्टराईले बताए । कटानबारे माथिल्लो निकायमा जानकारी गराएको उनले बताए । कटान क्षेत्रमा बाँध बचाउन र मर्मत गर्न बजेट नभएको उनले बताए । अर्थ मन्त्रालयले विपद् नियन्त्रण गर्ने अपातकालिन बजेट कटौती गरेका कारण बाँध बचाउन समस्या भएको उनले बताए । स्थानीयले खेतबारीको रुख काटेर बाँध बचाउन जुटेको स्थानीय श्यामसुन्दर महतोले बताएको कान्तिपुर अनलाईनमा सामाचार छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय