राजधानीपाटी डेक्स । सिरहा । सिरहामा पर्यावरण जोगाउन विरुवा वितरण गरिएको छ । कल्याणपुर नगरपालिका वडा नम्वर ५ चिकना,भोक्राहा र निर्दनाका स्थानिय वासिन्दाहरुलाई १० हजार विरुवा वितरण गरिएको हो ।

कल्याणपुर नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष दिपेन्द्र वरवरिया यादवको नेतृत्वमा वन कार्यालयले १० हजार विभिन्न किसिमका विरुवाहरु उपलव्ध गराई विरण गरिएको छ ।

सिरहा र धनुषको विचमा पर्ने कमलाको पूर्वी किनारमा रहेका कल्याणपुर नगरपालिका वडा नम्वर ५ का स्थानिय वासिन्दाहरु वर्षेनी डुवानमा पर्ने गरेका छन् । कमलाको वान्धको उचित र मजवुत नभएको कारण वर्षेनी वाढी तथा डुवानमा पर्ने गरेको स्थानियलाई राहत स्वरुप अध्यक्ष दिपेन्द्र वरवरिया यादवले पर्यावरण जोगाउनुको साथसाथै बाढी पिडित भई हौसला गुमाएकाहरुलाई हौसला स्वरुप १० हजार विरुवा वितरण गरिएको वडा अध्यक्ष दिपेन्द्र वरवरिया यादवले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय