राजधानीपाटी डेक्स । सिरहा । कृषि सामाग्री कम्पनी लिमिटेड लहानमा मलखाद्य प्राप्त छन् । तर, कृषकलाई मलखाद्यकै समस्या आज पनि रहेको मानव अधिकारकर्मी राजकुमार राउत बताउँछन् । कृषि सामाग्री कम्पनी लिमिटेड लहानका प्रमुख दिपक पौड्यालका अनुसार अहिले बजारमा मल खाद्य छ्याछयाप्ती पाईन्छ ।

तर,अहिलेको अवस्था हेर्दा जस्ताको त्यस्तै देखिएको छ । पौड्यालले भने अहिले डिएपी खाद्य प्रति बोरा २२३८ र युरिया प्रति बोरा ७८८ स्थानीय सरकारको सिफारिसमा कृषि सहकारी संस्थाहरुलाई वितरण गरिएको हो ।

तर, उक्त दरमा सबैलाई नदिने प्रावधान रहेकोले कृषकले पाउँनुपर्ने मलखाद्यको अभाव भएको बताउँछन् । पौड्यालले अगाडि थपे चालु असार मसान्त भित्र १ हजार बोरा डिएपी र १ हजार बोरा युरिया सिरहा जिल्लाका ठाउँठाउँमा सहकारीलाई वितरण गरिएको हो । तर,अनुगमन गर्दागर्दै सिरहा छपराडीमा रहेको उन्नत कृषिसहकारी संस्था लिमिटेडका अध्यक्ष नथुनि साह २४०० डिएपी र युरिया ९५० मा विक्री वितरण गरिरहेको बताए ।

नथुनि साह मात्रै होईन अरु सहकारीले त्यहीँ रेटमा बिक्री गरिएको साहले बताए । अनुगमनकै क्रममा छपराडीकै एक पसले जसले २६०० मा डिएपी मल बिक्री गरिरहेको समेत खुलासा भएको छ ।

आखिर किन ? दिनदहाडै सर्वसाधारणलाई ठग्दैँछन् त ? कृषि सामाग्रीका क. लि. लहानका प्रमुख दिपक पौड्याल किन मात्र सहकारीलाई दिने र आम कृषकलाई नदिने भन्ने चौतर्फी गुनासो भईरहेको छ । यो कालोबजारी हो । सर्वसाधारण सरकारी दरमा मल खाद्य उपलब्ध हुनुपर्ने स्थानीयहरुले माग छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय