राजधानीपाटी डेक्स । सिरहा । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले आज मानव अधिकार हननका घटनाहरु सिरहाको लहानमा सार्वजनिक गरेको छ । नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को प्रकाशन पुर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको हो । इन्सेक सिरहा प्रतिनिधि दुर्गा परियारले असार ३० गते आयोजित कार्यक्रममा सन २०२१ को ६ महिनाको जिल्लाको मानवअधिकारको अवस्थाको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

सो प्रतिवेदन अनुसार सिरहामा ५२ वटा मानवअधिकार हननका घटना संकलन गरीएको छ । जसमा राज्य पक्षबाट १ र ५१ वटा घटना गैर राज्य पक्षबाट भएको थियो । बालिका बलात्कारका १७ वटा घटना, यौनदुव्र्यवहारको ६, महिला बलात्कारको ८, बलात्कार प्रयास ५, बेचबिखन १, परिवारजनबाट हत्या ३, कथित बोक्सीको आरोप २, बहुबिबाह ४, बमबिष्फोट १ लगायतका ५२ वटा घटना भएको तथ्यांक प्रस्तुत गरीएको छ । ५२ वटा घटनामा ११ पुरुष ५५ महिला गरी ६६ जना पीडित भएको छ । मानवअधिकार संरक्षण केन्द्र संजालको समन्वयमा संचालित कार्यक्रममा लहान नगरपालिकाकी उपपमुख सरियार चौधरीले महिला, बालबालिकाहरु बढी पीडित हुने गरेको र समाजमा घटनालाई मिलाउन दवाउन अगुवाहरु लागिपरेको बताउनुभयो ।

कानुन भन्दा माथि कोही नभएकोले कानुन अनुरुप हुने न्याय सबैले गर्न‘ पर्ने र आफुले पनि न्यायीक समितिमा आउने समस्या संघसंस्था, प्रहरीहरुको सहयोगमा कानुन अनुरुप मिलापत्र गराउने गरेको बताउनुभयो । इलाका प्रशासन कार्यालय लहानका प्रमुख कृष्णबहादुर खडकाले मानवअधिकारको संरक्षणको जिम्मेबारी सरकारको भएकोले मानवअधिकारको संरक्षणमा सरकार पन्छिन नमिल्ने बताउनुभयो । पहिलाको तुलनामा अहिले राज्य सजग भएकोले राज्यबाट हुने हननका घटनामा कमी आए पनि शुन्य हुन नसकेको बताउनुभयोा । मानवअधिकारका घटनाको न्युनिकरणका लागि संघसंस्था तथा सरोकारवालाहरुले संयुक्तरुपमा कार्ययोजना बनाइ काम गर्न आवश्यक रहेको बताउनुभयो । त्यसैगरी इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालले इन्सेकले प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तकबाट हामिले सिक्ने गरेको बताउनुभयो ।

प्रहरी ऐन अनुसार अपराध अनुसंधान, शान्ति सुरक्षाको जिम्मेवारी भएपनि प्रहरीले हरेक क्षेत्रमा काम गर्न‘ परेको बताए । घटनालाई आफुले गम्भिररुपमा लिएको र सबैको सहकार्यमा यस्ता घटना बिरुद्ध अभियान तिव्ररुपमा संचालन गर्ने डिएसपी दाहालले बताउनुभयो । अधिकारकर्मी सुनिलकुमार साहले इन्सेकले प्रकाशन गर्ने मानवअधिकार वर्ष पुस्तकले सबैलाई अबको काम गर्ने दिशा प्रदान गर्ने बताउनुभयो । इन्सेकले घटनाको तथ्याकं मात्र प्रकाशन नगरेर घटनाको कारण, अवस्था र बिश्लेष गर्न‘ पर्ने बताउनु भयो । संगठित अपराध ध्यानदिन जरुरी भएको बताउनुभयो । अधिकारकर्मी श्यामकुमारी साहले घरेलु हिंसाको तथ्यांक मात्र नराखेर घटनाहरु पनि राख्न जरुरी रहेको बताउनुभयो । बलात्कारका घटना बृद्धि भएकोले सबैले यस प्रति गम्भिर हुन आवश्यक रहेको र प्रहरीहरुबाट गोपनियता कायम नहुदा हामि अधिकारकर्मीहरु पनि जोखिममा रहेको बताउनुभयो ।

मानवअधिकारकर्मी देवराज पोखरेलले मानवअधिकार वर्ष पुस्तक मानवअधिकारको दस्ताबेज भएको बताउनुभयो । राष्टिय तथा अन्तराष्टि व्यत्तिहरुको लागि श्रोत पुस्तकको रुपमा रहेको र निति निर्माताहरुको लागि निति बनाउन सहयोगी रहेको बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय परिषद सदस्य दिनेश्वर गुप्ताले यस्ता मानव अधिकार हननको घटनालाई न्युनिकरण गर्न स्थानीयतहले अधिकारकर्मीहरुलाई परिचालन गर्न‘पर्ने बताउँनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय