काठमाण्डु । नेपालको नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलवार राती राष्ट्रपति भवनमा शपथग्रहण गरेका छन् । नेपाली कांग्रेसका सभापति देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी छन् ।देउवालाई दिउँसो राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीमा नियुक्त गरेकि थिइन् ।

राष्ट्रपति कार्यालयले निकालेको वक्तव्यमा सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलाअनुसार उनलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गरिएको थियो ।प्रधानमन्त्री नियुक्तीको पत्रमा संविधानको धारा उल्लेख नगरिएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्री देउवाले पत्र सच्चयाउन दवावदिदै शपथग्रहण गर्न अस्वीकार गरेका थिए । शपथग्रहण समारोहमा पाहुनाहरु साँझ ६ बजे अगावै उपस्थित भएका थिए ।तर राष्ट्रपति भण्डारीले जारी गरेको विज्ञप्ति सच्चयाउन दुई घण्टा समय लिएको कारण राती ८ बजे पछि शपथग्रहण भएको थियो । राष्ट्रपति भण्डारीले पत्र सच्चयाएर संविधानको धारा ७६को ५ बमोजिम सर्वोच्च अदालतको आदेश अनुसार शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको पत्र दिएकी थिइन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलापछि संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गर्नुपर्ने बाध्यात्मक अवस्था आएको हो ।राष्ट्रपति भण्डारीको मनभित्रको कुण्ठा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको पत्रबाट प्रष्ट झल्किन्छ ।

शपथग्रहण समारोहमा देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरिएको उल्लेख गरिएको हो । नियुक्तिबारेको भाषा विवादका कारण शपथग्रहण समारोह तोकिएको समयभन्दा करिब २ दुई घण्टा ढिलो गरी सुरु भएको थियो । प्रधानमन्त्री देउवाले नियुक्त गरेका ४ जना मन्त्रीकोपनि सपथग्रहण सम्पन्न भएर पदबहाली समेत राती नै भएको हो । नवनियुक्त मन्त्रीहरूमा कांग्रेसबाट बालकृष्ण खाँड गृह र ज्ञानेन्द्रबहादुर कार्की कानुन, न्याय तथा संसदीय व्यवस्था तथा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका हुन् । देउवालाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) बाट भने मङ्गलवार मन्त्री बनाइएको छैन ।जसपा यादव समुहले सरकारमा जाने निर्णय गरेपनि प्रधानमन्त्रीको मधेश मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता र निर्वाचन आयोगमा रहेको मुद्दाको निर्णयलाई कुर्ने भएकोछ । प्रधानमन्त्रीसहित बढीमा २५ जनासम्मको मन्त्रिपरिषद् बनाउन मिल्ने संवैधानिक व्यवस्था छ । तर देउवा प्रधानमन्त्री नियुक्त भएपछि त्यसको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्छ ।उनलाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गरेका एमालेका सांसदले विश्वासको मत नदिएमा गठबन्धनका अन्य सांसदको संख्याले मात्रै बहुमत पुग्ने छैन् ।

यद्यपी नेपालले देउवालाई गरेको समर्थन जारी राख्दै विश्वासको मत समेत दिने धारणा सार्वजनिक गरिसकेका छन् ।पछिल्लो पटक ओली प्रधानमन्त्री नियुक्त हुँदा नेपाल शपथग्रहण समारोहमा उपस्थित भएका थिएनन् ।तर देउवाको शपथग्रहणमा उनी थिए । एमालेको समर्थन पाउन कठिनाइ भएको अवस्थामा देउवाले सिंगो जसपाको ३२ जनाको समर्थन लिने प्रयास गर्न सक्छन् ।उनले समर्थन पाउने संभावनापनि जिवित नै छ ।त्यसले देउवालाई बहुमत पुग्नेछ । विद्यार्थी राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा आएका देउवा पाँचौ पटक प्रधानमन्त्री बनेका हुन् ।उनी नेपालको सुदूरपश्चिम क्षेत्रबाट प्रधानमन्त्री बन्ने तेस्रो व्यक्ति हुन् । २००७ सालको क्रान्तिपछि सिंहदरबार विद्रोहमा सामेल भएका केआई सिंहलाई २०१४ सालमा राजा महेन्द्रले सुदूरपश्चिम क्षेत्रबाट प्रधानमन्त्री बनाएका थिए ।पञ्चायत कालमा त्यस क्षेत्रबाट लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री बनेका थिए ।के आई सिंह र चन्दपछि देउवा नै सुदुर पश्चिमबाट प्रधानमन्त्री बनेका हुन् । पहिलो पटक देउवा २०५२ सालमा प्रधानमन्त्री बनेका थिए ।तर त्यो सरकारले संसदमा बहुमत प्राप्त गर्न नसक्दा खसेको थियो ।सुदुरपश्चिमकै २ जना साँसद अनुपस्थित भएर देउवा सरकारलाई ढालेका थिए ।

२०५८ सालमा उनी दोस्रो पटक प्रधानमन्त्री बनेका थिए । त्यसै वर्ष राजा ज्ञानेन्द्रले उनलाई अक्षम भन्दै पदबाट हटाएका थिए ।तर २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनस्र्थापित गरे।तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाएका थिए । नेपालमा गणतन्त्र स्थापनापश्चात् देउवा २०७४ सालमा पुनः चौथो पटक प्रधानमन्त्री बनेका थिए ।डडेल्धुरा जिल्लामा बिक्रम सम्वत् २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए । २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी सङ्घबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका देउवा त्यसपछि नेपाल विद्यार्थी सङ्घको संस्थापक सदस्य र सभापति बनेका थिए । पञ्चायत विरोधी राजनीति गर्दा उनी पटक–पटक गरी ९ वर्ष जेल जीवन बिताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय