राजधानीपाटी डेक्स । सिरहा । मिर्चैया नगरपालिका भित्रका राजमार्गमा रहेका खल्डाखुल्डोले दुर्घटना निम्तियाएको छ । लगातारको वर्षा र निमार्णधिन कार्यले मिर्चैया नगरपालिका अन्र्तागत पर्ने पूर्वपश्चिम राजमार्गमा खाल्डो खुल्डोले भएको छ ।

अहिले मिर्चैया नगरपालिका भित्र पर्ने पूर्व पश्चिम राजमार्गमा नाला निमार्ण तथा सडक सुधारका कार्य जारी रहेका कारण मिर्चैयाको राजमार्ग कुरुप बन्नुको साथै जथाभावि वनेको खाल्डोले दुर्घटना निमत्याउन सकिने अवस्था शिर्जना भएको छ ।

सावारीको चाप र लगातारको वर्षका पानिले सडक अवरुद्ध हुने खाले खाल्डो भएपछि जिल्ला प्रशासन कार्यालय सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको पहलमा सडक डिविजन कार्यालय लहानले मिर्चैया राजमार्गको खाल्डो पुरिदिने स्विकार गरेको छ भने तत्कालै कुरुप सडक मर्मत गरिने सिरहाका प्रमुख जिल्ला अधिकार प्रदिप राज कणेलले बताएका हुन् ।

प्रमुख जिल्ला अधिकारीको जिम्मामा सडकका कार्य नरहेपनि नैतिकताको आधार र प्रमुख जिल्ला अधिकारीको हैसियतले कुरुप र अव्यवस्थित मिर्चैया र लहानका सडक तत्कालै मर्मत गर्न सम्वन्धित कार्यालयलाई आग्रह गर्नु भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय