राजधानी डेक्स । सिरहा । अवैध रुपमा उत्खन्न गरिरहेको स्थानमा जिल्ला प्रशासन कार्यालय सिरहाको प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलको कमाण्ड टोलीले रेड हानेर ५ ओटा टिपरलाई स्थानिय प्रहरीको सहयोगमा नियन्त्रणमा लिन लगाएका छन् ।


गोलवजार नगरपालिका–९ स्थित खुलेयाम अबैध उत्खन्न गरिरहेको खवर पाए लगतै सम्पूनिकायलाई जानकारी गराई तत्कालै त्यस्ता गतिविधि रोकन आफु सकृय भएको गोलबजार नगरपालिका वाडा नम्वर ९ का वाडा अध्यक्ष रामकुमार कामतीले वताए ।

अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरेको भन्दै ईलाका प्रहरी कार्यालय गोलबजार नियन्त्रणमा लिएर पाँच टिपर कारवाहीका लागि गोलवजार नगरपालिकामा बुझाएको छ ।

चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएका टिपर आवश्यक कारवाहीका लागि नगरपालिकालाई बुझाइएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय