राजधानीपाटी डेक्स । सिरहा । सिरहामा डाईगर प्रहारबाट ३ जना मजदुर घायल भएको छ । प्रहरी चौकी रमपुराका सहायक प्रहरी नायव निरिक्षक असई प्रमानन्द कुशवाहाले दिएको जानकारी अनुसार सिरहाको कल्याणपुर नगरपालिका वाडा नम्वर ७ रमपुरामा निमार्ण भईरहेको ग्रिन पार्कमा काम गर्न ३ जना मजदुर माथि विहिवार राति डाईगर प्रहार भएको छ ।

राती सुतिरहेको अवस्थामा ५ जनाको समुमा आएको अज्ञात समुहले एकासि पेस्तोल देखाउदै खुकुरी र गाईगर प्रहार गरेका छन् । अज्ञात समुहको आक्रमणबाट मिर्चैया नगरपालिका वाडा नम्वर १२ सिक्र्रोन निवासी ४० वर्षी मो.मोहरम,२१ वर्षीय मो.साकिर र खुसेद आलम गम्भिर घायते भएको छ ।

घायते भएका मध्ये २ जनालाई स्थानिय फुलकुमारी मेमोरियल हस्पिटलमा उपचार भईरहेको छ भने १ जनालाई विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठिान धनारमा उपचारका लागि लगिएको छ ।यस्ता गम्भिर प्रकृतिका घटना कसले र किन घटाए भने विषय अनुसंन्धान जारी रहेको प्रहरीले बताए ।

यस्ता समाजिक कार्यलाई अवरुद्ध हुने खाले घटना गराउनु दुखत रहेको छ भने घटनामा समिल जो कोहि भए कार्यावाही हुनु पर्ने कल्याणपुर नगरपालिका वाडा नम्वर ७ का प्रत्याशी अध्यक्षत तथा लक्ष्मीनिया ग्रनि पार्क निमार्णका अगुवा दिपेन्द्र यादवले वताए ।
केहि दिन पहिला प्रदेश २ का पूर्व वन तथा पर्यटन राज्य मन्त्री सुरेश मंण्डलले शिल्यान्याश गरेका थिए ।

यता कल्याणपुर नगरपालिका वाडा नम्वर ५ का वाडा अध्यक्ष दिपेन्द्र वरवरिया यादवले संघातिक आक्रमण दुखत भएको भन्दै दोषीमाथि काडा कार्यावाहीको माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय