सिरहा । कोभिड संक्रमणबाट मुक्त भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले सुभेच्छा दिने सबैलाई धन्यवाद दिएका छन् ।

आज एक भिडियो सन्देश जारी गर्दै अहिलेको विषम परिस्थितिमा सक्रिय फ्रन्टलाइनरहरुलाई पनि धन्यवाद दिएका हुन् । ‘अहिले हामी दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा छौं ।

तर, देशभित्र र बाहिरको महामारीको अवस्था प्रति हामी चिन्तित छौं,’ पूर्वराजा रानी दुवै उपस्थित भिडियोमा शाहले भनेका छन्, ‘महामारीको प्रकृया जारी छ। यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाह्य आवश्यकता पर्दछ ।’

 

शाहले अन्तर्राष्ट्रिय सहयोगका लागि पनि धन्यवाद दिएका छन् । त्यस्तै, सबै नेपालीहरुलाई सुरक्षित रहन आग्रह गर्दै उपचारको क्रममा रहेका नेपाली शीघ्र स्वास्थ्य लाभसँगै जीवन गुमाउनेहरुको आत्मको शान्तिको कामना पनि गरेका छन् ।

हरिद्वारमा कुम्भ मेलामा गएका शाह दम्पतीलाई नेपाल आएपछि कोभिड संक्रमण भएको थियो। जसका कारण नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय