राजधानीपाटी डेक्स । सिरहा । “चुरे जोगाऔं– मधेस बचाऔं” नारा सकार गर्न वन तथा पर्यटन राज्य मन्त्री सुरेश मण्डलले समुदाय माध्यमद्वारा वन क्षेत्रको संरक्षण गराईरहेको कारण प्रदेश २ लगायत नेपालमा ठूलो मात्रामा वन क्षेत्र कायम गराउने योजना प्रशंसनीय रहेको कल्याणपुर नगरपालिका वाडा नम्वर ५ का वाडा अध्यक्ष दिपेन्द्र वरवरियाले बताए ।

अदुरदर्शी र बिभेदकारी कार्यलाई अविलम्ब फिर्ता लिई समृद्धिका लागि अन्य विकल्प संघिय सरकारले रोज्नु पर्ने प्रतिकृया प्रदेश २ का उद्योग, पर्यटन, बन तथा वातावरण राज्य मन्त्री सुरेश मंण्डलको राजधानीपाटी अनलाईमा आएको प्रतिकृया प्रति समर्थन जनाउर्दै अध्यक्ष वरवरियाले समेत भने – की तराई–मधेसको लाईफ लाइन अर्थात रक्षा कवचको रुपमा रहेको चुरे भावर क्षेत्र विश्वको सबभन्दा कलिलो पहाड हो।

पानीको प्रमुख श्रोतको रुपमा रहेको यो क्षेत्र हाम्रो निम्ति वाटर रिचार्ज सेन्टरको रुपमा काम गरिरहेको छ जसले गर्दा हामी पानी जस्तो नभई नहुने आवश्यकतालाई परिपुर्ति गर्न सकिरहेका छौं। साथै यसले सिंगो तराई मधेशको आवादीलाई बाढी पहिरो लगायत अन्य प्राकृतिक प्रकोपहरुबाट बचाउने गरेको कुरा समेत अवगत गराउन चाहन्छु ।

संघीय सरकारले यस अदुरदर्शी र बिभेदकारी कार्यलाई अविलम्ब फिर्ता लिएर समृद्धिका लागि अन्य विकल्प रोजेर वन क्षेत्रलाई मानव रहित बनाउन एवं “आरक्षित जोन” घोषणा गर्न जोडदार माग गरेको राज्य मन्त्री मण्डलले केहि दिन पहिला कल्याणपुर नगरपालिका वाडा ७ मा ३ विगहामा वन्दै गरेको लक्ष्मीनिया पार्कको शिल्यान्यास कार्यक्रम पश्चित स्थानिय सँगको छलफलमा मन्त्री मण्डलले प्रदेश २ को वन संरक्षण तथा व्यवस्थापनमा स्थानियले महत्वपूर्ण भूमिका समेत खेल्नु पर्छ भनेको अर्थले स्पष्टि भएको समेत अध्यक्ष वरवरियाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय