श्रीकान्त झा । सिरहा । काठ का साना साना टुक्रालाई कलात्मक रुपले अनेक प्रकारका रंगीविरंगी सामग्री बानउने जातका रुपमा दमाई (बढई) जातीलाई चिन्हीन छ ।

समाजमा धनीहरुको बहुमुल्य समाग्रीहरु राखनका लागि काठबाट बनाईएको कलात्मक ठुलो आकारको बाकसलाई पौरानिक कालमा संन्दुक भनिन्छ । सन्दुक पहिला पहिला मिथिला समाजमा रहने धनी,जिमदार, मुखिया, मैजन जस्ता व्यक्ति तथा परिवारहरुले आफनो महत्व पूर्ण सामग्रीहरुलाई सुरक्षित राख्थे । सन्दुकका खास गरि अफना घरमा रहेका सुन,चाँन्दी, पित्तल, तामा, रुपैया, पैसा सहितका बहुमुल्य समानहरु राख्न महत्वपूर्ण मानि प्रयोग गरिन्थ्यो ।

घरमा सन्दुक रख्ने चलन करीब चर पुस्ता अगाडी नै प्रचलनमा थिए । त्यो समयमा प्राय ः सन्दुक गाउँं समाजका धनी–मनि,जिमदार, मुखिया, सरपंच,मैजन जस्ताका घरमा पाईनथियो । समाजमा कस्का घरमा सन्दुक देख्यिो भने ति व्यक्तिलाई अरुले गाँउका धनीमनी रहेछ भन्ने ठान्थे । धनीका घरमा सन्दुक बई ति सन्दकमा बहुमुल्य समाग्रीहरु राखिन्थयो भने अरु गरिव परिवारमा प्राय समान्य तरिकाका साना मझौला आकारका राख्ने प्रचलन अहिले नि कायमै रहेका देखिन्छ ।

तर सन्दुक अहिलेका समयमा धेरै कम मात्रामा अर्थात खोज्दै जाँदा अतै कतै कसै कसैको घरमा त्यो पनि धेरै मुस्किलले पाईन्छ । सन्दुक बनाउन मुख्य रुपले सखुवाका काठलाई मिलमा चिरान गरि चार (खुट्टे) कलात्मक रुपले वनाई आकर्षक घरमा राखिन्थयो । संन्दुक यती मजवुत हुन्थियो की कुलहारीले काठदा पनि काटन कठिनाई हुने जस्त अवस्था हुन्थ्यो ।

ति सन्दुरकमा एउटा सानो ढोका खोल्न वा लगाउन प्रयोग गरिन्थयो भने ति सन्दुकमा फलामको चेन प्रयोग गरि तालाको लगाउने व्यवस्था गरिन्थ्यो ।

हाम्रो महत्वपूर्ण धरोहर मिथिलाञ्चलका सम्पति लोक भईरहदाँ सम्पूर्ण मिथिलाञ्चल वासी एक्ता वद्ध भई आफनो धरोहरलाई वचाउनु आवश्यक देख्नि छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय