राजधानी डेक्स । सिरहा । कल्याणपुर नगरपालिका वाडा नम्वर ७ मा लक्ष्मीनिया ग्रन पार्क वन्ने भएको छ । कल्याणपुर नगरपालिका वाडा नम्वर ७ अन्र्तागत पर्ने सर्व जनिक वनलाई सौन्दर्यकण तथा व्यवस्थित वनाउने उद्येश्यले पार्क निमार्णको एक कार्याक्रम विच प्रदेश २ का वन तथा पर्यटन राज्य मन्त्री सुरेश मण्डलले शिल्यान्यास गरेका हुन् ।

प्रदेश २ का वन तथा पर्यटन राज्य मन्त्री सुरेश मण्डको संसदीय कोषबाट २५ लाखको लागतमा लक्ष्मीनिया ग्रन पार्कको निमार्ण हुने वाडा नम्वर ७ का यूवा नेता तथा प्रत्यशी वार्ड अध्यक्ष दिपेन्द्र यादवले बताए ।

नेता यादवले भने कमला एउटा पिकनिकको स्थान समेत वन्दै गरेको वखत हामी स्थानिय यूवाहरुले थप व्यवस्थित वनाउन लक्ष्मीनिया ग्रनि पार्कको निमार्ण हुने छ भने निमार्ण कार्य सकभर १ महिना भित्रैमा सम्पन्न हुने बताए । यता पार्क भित्र पोखरी,गोलघर,सोनिया माता मन्दिर,बौन्डरी निमार्ण तथा वैठक घरको निमार्ण गरिने छ । उक्त शिल्यान्यास कार्याक्रममा वाडा नम्वर ५ का वाडा अध्यक्ष दिपेन्द्र वरवरिया यादव,वाडा ६ का प्रत्यशी वार्ड अध्यक्ष कुशेश्वर पजियार लगायत स्थानिय वासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय