राजधानी डेक्स ।जनकपुरधाम । जेठ १ गते ।
प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशिक प्रयोगशालाले दिएको जानकारी अनुसार सिरहामा ०७ जना र धनुषामा ११५ जना संक्रमित फेला परेका छन् ।

यस्तै महोत्तरीमा ३२ जना,सप्तरीमा १०४ जना,सर्लाहीमा १० जना,पर्सामा ९९ जना, बारामा २३ जना,रौतहटमा ४९ जना र अन्य ४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित भेटिएका मध्ये महिला १२७ जना र पुरुष ३१६ जना पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय