श्रीकान्त झा । सिरहा । जेठ ०१ गते । जिल्ला प्रशासन कार्यालय सिरहाले निषेधाज्ञामा कडाइ गर्दै जिल्लाका प्रमुख सहरहरूमा सेनाले सहयोग गर्ने उद्धेश्यले खटाईएको हो । जिल्ला सुरक्षा समन्वय समितिको निर्णय अनुसार कोरेना महामारीबाट बचाउन निषेधाज्ञालाई थप प्रभावकारी जनाउने उद्ेश्यले सेनाले सहयोग गरेको हो । कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या अत्यधिक बढेपछि जेठ २१ गतेसम्म सिरहा पूर्ण निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाको समयमा अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै सेनाको सहयोगमा चेकजाँचमा थप कडाई गरिएको हो ।


सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप राज कणेलले निषेधाज्ञालाई थप व्यवस्थित गर्न र सचेतता फैल्याउन प्रहरी प्रशासनलाई सहयोग गर्ने उद्ेश्यले नेपाली सेनालेसहयोग गरिएको बताए । उनका अनुसार जिल्ला मिर्चैया नगरपालिका, गोलवजार नगरपालिका क्षेत्रमा सेनाले गस्ती गर्ने र स्थानीयलाई सम्झाउने कार्य गरिरहेको पाईएको छ ।यस बिचमा जनपथ र सशस्त्र प्रहरी सडकमा खटिएका छन् । जिल्ला सुरक्षा समन्वय समितिकै मातहतमा रहेको सेनालाई कारबाहीको लागि भन्दा पनि कोभिड विरुद्ध अभियान चलाउन खटाइएको शेर गण चौहर्वाका प्रमुखले जानकारी दिए ।


पूर्ण निषेधाज्ञाको समयमा कसैले उल्लङ्घन गरेको सूचना पाए सङ्क्रमण ऐन २०२० अनुसार पक्राउ गरी कारवाही गर्ने प्रहरीलाई निर्देशनसमेत दिइएको प्रजिअ कणेलले बताए ।
यस बिचमा मेडिकल, एम्बुलेन्स र अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय