राजधानी डेक्स ।जनकपुरधाम । वैशाख ३१ गते । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशिक प्रयोगशालाले दिएको जानकारी अनुसार सिरहामा ३१ जना र धनुषामा १३५ जना संक्रमित फेला परेका छन् ।

यस्तै महोत्तरीमा ८२ जना,पर्सामा ११३ जना, बारामा ३३ जना, सप्तरीमा ३९ जना, रौतहटमा ४५ जना र सर्लाहीमा ८ जना र अन्य १ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित भेटिएका मध्ये महिला १५१ जना र पुरुष ३३६ जना पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय