राजधानी डेक्स ।जनकपुरधाम । वैशाख २६ गते । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशिक प्रयोगशालाले दिएको जानकारी अनुसार सिरहामा ०१ जना र धनुषामा १६४ जना संक्रमित फेला परेका छन् । यस्तै महोत्तरीमा १०० जना,पर्सामा ११४ जना, बारामा ९० जना, सप्तरीमा ४५ जना, रौतहटमा ५१ जना र सर्लाहीमा ११ जना र अन्य १० जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित भेटिएका मध्ये महिला १९४ जना र पुरुष ३९२ जना पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय