राजधानी डेक्स ।जनकपुरधाम । वैशाख २७ गते । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशिक प्रयोगशालाले दिएको जानकारी अनुसार सिरहामा ४८ जना र धनुषामा १३७ जना संक्रमित फेला परेका छन् । यस्तै पर्सामा ११८ जना, बारामा २४ जना, रौतहटमा ४२ जना,महोत्तरीमा ७८ जना, सप्तरीमा ११९ जना र सर्लाहीमा ७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित भेटिएका मध्ये महिला ११९ जना र पुरुष ३७४ जना पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय