राजधानी डेक्स ।जनकपुरधाम । वैशाख २६ गते ।
प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशिक प्रयोगशालाले दिएको जानकारी अनुसार सिरहामा ३३ जना र धनुषामा १२७ जना संक्रमित फेला परेका छन् । यस्तै पर्सामा ७१ जना, महोत्तरीमा ११२ जना, बारामा ६७ जना, सप्तरीमा २ जना, रौतहटमा ८ जना र सर्लाहीमा ३३ जना र अन्य ११ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित भेटिएका मध्ये महिला १४४ जना र पुरुष ३५३ जना पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय