राजधानी डेक्स ।जनकपुरधाम । वैशाख २४ गते । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ४०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशिक प्रयोगशालाले दिएको जानकारी अनुसार सिरहामा ११ जना र धनुषामा ८३ जना संक्रमित फेला परेका छन् । यस्तै पर्सामा ११७ जना, महोत्तरीमा ३३ जना, बारामा ७८ जना, सप्तरीमा २५ जना, रौतहटमा ४५ जना र सर्लाहीमा ९ जना र अन्य ४ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । संक्रमित भेटिएका मध्ये महिला १२२ जना र पुरुष २८३ जना पुगेको निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय