राजधानीपाटी डेक्स । सिरहा । बैशाख १० गते । एतिहासिक चर्चीत नामी कुस्ती प्रतियोगिता सुरु भएको छ । सिरहाको कल्याणपुर नगरपालिका वाडा नम्वर ५ निर्दनामा चैति दशैको अवसरमा आयोजित कुस्ती खेललाई प्रदेश २ का वन तथा पर्यटन राज्य मन्त्री सुरेश मंण्डलले विधिवत खेलको रिवन काटेर विधिवत उद्धघाटन गरेका छन् ।

चैति दशैमा दर्शण गर्न नेपालका सिरहा धनुषा लगायत छिमेकी मुलुक भारतका बिहार राज्यका ब्यक्तिहरु भिड लाग्ने गरेको देखिन्छ । वाडा नम्वर ५ का वाडा अध्यक्ष दिपेन्द्र वरवरियाको नेतृ चैती दशै तथा कुस्ती प्रतियोगिता सुरु भएको थियो ।अध्यक्ष वरवरियाका अनुसार चैती दशै र कुस्ती प्रतियोगितामा आफनो विशेष आर्थिक देखि श्रमीक लगानी रहेको बताए । कुस्ती प्रतियोगिता एउटा हाम्रो मिथिलाञ्चलको महत्वपुर्ण प्रतियोगिता को रुपमा मानिन्छ ।

प्रतियोगिता हर्न प्राय वुढापाकाहरुको महत्वपुर्ण रुची हुन्छ ।तसर्थ उक्त कुस्ती प्रतियोगितामा नेपाल र भारतका नामी खेलाडीहरु टाढा टाढावाट कुस्ती खेल्न आएका छन् भने हर्नेको भिड छन् ।यो प्रतियोगिता प्रत्यक वर्ष झै यस वर्ष ३ दिन सम्म लागने मेला समितिले वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय