बलिउडले पछिल्लो केही बर्षदेखि कथा भनिरहेको छ । नाम चलेका स्टार कलाकारको चलचित्रले बक्स अफिसमा पानी भन्न नपाउँदा उदाउँदै गरेका केही कलाकारको चलचित्रले धुम मच्चाइरहेको छ । यसैले, पनि बलिउडमा पछिल्लो केही बर्षयता स्टारडमलाई कथाले उछिनेको छ । यसैले, पनि आयुष्मान खुराना, विक्की कौशल, राजकुमार राव जस्ता नायक फरक खालका कथामा काम गरिरहेका छन् । केही नायिकाहरु पनि यही बाटोमा देखिएको छन् । साउथ चलचित्रमा सफलता कमाएपछि बलिउडमा पाइला राखेकी नायिका राकुल प्रित सिंह पनि नयाँ खालको कथामा काम गर्ने तयारीमा छिन् ।

नाम तय नगरिएको एक नयाँ चलचित्रमा राकुल ‘कन्डम परिक्षक’को भूमिकामा देखिदैछिन् । यो चलचित्रको कथा फरक र यूनिक लागेपछि राकुल काम गर्न तयार भएकी हुन् । उनले, यो चलचित्रमा संझौता नगरेपनि मौखिक रुपमा सहमती जनाइसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्रले कन्डम उत्पादन गर्ने कम्पनीले बजारमा आफ्नो उत्पादन पठाउनु अगाडि त्यसको परिक्षण गर्ने एक यूवतीलाई नियुक्त गरेको बिषयमा यो चलचित्र बन्नेछ ।

जसमा राकुलले ‘कन्डम परिक्षक’को भूमिकामा काम गर्दैछिन् । यो चलचित्रको अफर आएपछि राकुल पनि उत्साहित छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय