रौतहट। रौतहट जिल्लामा अहिलेसम्म ७५ प्रतिशत धान रोपाइँ भएको छ । यस वर्ष समयमै पर्याप्त मात्रामा वर्षा भएकोले जिल्लामा हालसम्म ७५ प्रतिशत धान रोपाइँ सकिएको र अब २५ प्रतिशत रोपाइँ हुन मात्र बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्र रौतहटले जनाएको छ । रौतहटमा वर्षाकै भरमा खेती हुने गरेको छ ।

आकाशे पानीको भरमा खेती गर्ने रौतहटेली किसानहरु समयमै वर्षा भएकोले अहिलेसम्म ७५ प्रतिशत धान रोपाइँ गरेका छन । रौतहटमा धान खेती हुने ४९ हजार ३ सय हेक्टर जग्गा मध्ये अहिलेसम्म ७५ प्रतिशत जग्गामा धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख चन्द्र भुष्ण झाले बताए ।

यस वर्ष समयमै वर्षा भएकोले जिल्लाको सबै ठाउँका किसानहरु अहिले धान रोपाइँ गर्न व्यस्त छन । किसानहरु धान रोप्न व्यस्त भएकोले यस वर्ष रौतहटमा असार मसान्त भित्रमै धान रोपाइँ सकिने कृषि ज्ञान केन्द्रका प्रमुख झाले बताए । जिल्लामा कुल १ लाख १२ हजार ६ सय हेक्टर खेतीयोग्य जग्गा रहेको छ जसमध्ये झण्डै मा ४९ हजार हेक्टर जग्गामा धान खेती गर्ने गरिन्छ ।

केही दिन अघि भएको लगातारको वर्षाका कारण खेतहरुमा पानीको मात्रा बढी हुँदा धान रोपाइँ प्रभावित बनेको थियो तर गएको आइतवार देखी वर्षा रोकिएपछि खेतहरुमा पानीको मात्रा कम हुँदा किसानहरु अहिले धमाधम धान रोपाइँ गरिरहेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय