राजधानी डेक्स । सिरहा । नोजावावा स्थानमा धर्मशाला निमार्ण हुने भएको छ । प्रदेश २ का वन तथा पर्यटन राज्य मन्त्री सुरेश मंण्डलद्धारा कल्याणपुर नगरपालिका वार्ड नम्वर ४ र ५ को विचमा पर्ने धर्मको आस्था केन्द्र नौका वावा स्थानमा धर्मशाला निमार्णको शिल्यान्यास गरिएको छ ।

मन्त्री मण्डलको संसदीय कोषबाट उक्त धर्मशाला २० लाखको लागतमा निमार्ण हुने जसपाका वार्ड संयोजक रामएकवाल यादवले बताए ।

मन्दीरमा आउने भक्तजन तथा साधुसन्तहरुलाई सुविधा होस् भन्ने उद्येश्यका साथ उक्त स्थानको धर्मशाला निमार्ण हुने बताईएको छ ।उक्त धर्मशाला निमार्णका लागि प्रदेश २ अर्थ मन्त्रालयका सचिव रामप्रमोद यादवले जग्गा उपलव्ध गराएका हुन् ।

उक्त शिल्यान्यास कार्याक्रममा वाडा नम्वर ५ का वाडा अध्यक्ष दिपेन्द्र वरवरिया यादव, वाडा ६ का वार्ड अध्यक्ष मोतिवुल राईन,वाडा ६ का प्रत्यशी वार्ड अध्यक्ष कुशेश्वर पजियार लगायत स्थानिय वासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय