मोरङ । मोरङको कानेपोखरी गाउँपालिकाले दुई वा सोभन्दा बढी छोरी भई स्थायी बन्ध्याकरण गर्ने दम्पतीका छोरीहरूलाई जनही पाँच-पाँच हजार नगद दिने घोषणा गरेको छ ।

आर्थिक वर्ष २०७८-०७९ को नीति तथा कार्यक्रम र बजेटका विषयमा पत्रकार सम्मेलन गर्दै गाउँपालिकाका प्रवक्ता सुशील बुढाथोकीले सो कुरा बताउनु भएको हो । बजेट र नीति तथा कार्यक्रममा विपन्नलाई स्वास्थ्य बीमाको पहुँचमा पु¥याउन ४० लाख रुपियाँ विनियोजन गरिएको छ । स्वास्थ्य बीमाको प्रथम बिन्दुका रूपमा स्थापित गर्न कानेपोखरी अस्पताललाई १५ शøयाको अस्पतालका रूपमा विस्तार गर्न थालिएको उल्लेख गरिएको छ । गाउँपालिकाले अगामी आर्थिक वर्षका लागि विपद् व्यवस्थापन गर्न ५० लाख रुपियाँ र कोभिड १९ नियन्त्रण र सचेतनाका लागि ३० लाख रुपियाँ विनियोजन गरेको छ ।

साउन १ गतेदेखि विद्युत् मिटर जडानका लागि निःशुल्क सिफारिस दिने व्यवस्था मिलाएको छ । यस्तै कोभिडका कारण रोजगार गुमाएर विदेशबाट फर्किएकाहरूलाई व्यवसाय दर्ता गर्दा लाग्ने शुल्क नलिने घोषणा गरेको छ । १० जना भन्दा बढीलाई रोजगार दिने उद्योगलाई नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिने नीति तथा कार्यक्रममा उल्लेख छ । गाउँपालिकाले अगामी आर्थिक वर्षमा अन्न भण्डार निर्माण गर्न २५ लाख रुपियाँ विनियोजन गरेको छ ।

कृषि उपज भण्डारणका लागि सानो शीत भण्डार निर्माण गर्न ११ लाख रुपियाँ विनियोजन गरिएको छ । गाउँपालिकाले गत असार १० गते अगामी आर्थिक वर्षका लागि ७६ करोड ९७ लाख ३० हजार रुपियाँको बजेट सार्वजनिक गरेको थियो । यो बजेट गत आवको तुलनामा २० दशमलब ३६ प्रतिशतले बढी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय