जनकपुरधाम । अहिलेका मानिसहरूले ज्योतिषशास्त्रमा चासो र विश्वास पनि खासै राख्दैनन्। परापूर्व कालदेखि नै ज्योतिषशास्त्रको आधारमा हाम्रो समाज अघि बढेको भएपनि अहिलेका पीडिले भने खासै चासो राख्ने र विश्वास नगर्ने पाइएको छ । तर आफूलाई गरेको भविष्यवाणी मिल्दा र पूरा हुँदा भने ज्योतिषशास्त्र र ज्योतिषहरूको वाही वाही नै गर्ने गर्छन्। जनकपुरधामका युवा ज्योतिष विवेकको पनि यतिबेला वाहीवाही भएको छ ।

सर्वोच्च अदालतले कांग्रेस सभापति शेरबहादुर देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्री बनाउन परमादेश गरेसंगै युवा ज्योतिष तथा वास्तु जानकार ज्योतिष विवेक पनि चर्चामा आएका हुन्। उनले ६ महिना अघि अषाढ या श्रावणको बिचमा देउवालाई राजयोग छ भनि भविष्यवाणी गरेका थिए । युवा ज्यातिष विवेकले यस अगाडि विभिन्न मिडिया मार्फत् देउवाको बारेमा केही भविष्यवाणी गर्ने क्रममा यस बिचमा देउवामा राजयोगको सम्भावना नरहेको तर्क गरेका थिए । ज्योतिष विवेकले पनि यस कुरालाई स्वीकार गर्दै भने, ‘मैले राजयोग रहेको र चुनौतीपुर्ण समयहरू समेत आउन सक्ने भनेर सुझाव दिएको थिए ।’

उनले देउवालाई असार देखि श्रावणको बिचमा पुनः पद प्राप्तीको योग रहेको तर यो समय देउवाको लागि त्यति सजिलो नरहने र चुनौती तथा विरोधीहरूको सामना समेत गर्न‘पर्ने बताएका थिए । जनकपुरधामका चर्चित वरिष्ठ ज्योतिष अशोक पाण्डेका सुपुत्र युवा ज्योतिष विवेक ति शिर्ष नेताहरूको भविष्यवाणी र योग हेर्ने टिममा जनकपुरधामको चर्चित पात्रो जानकी भितेपात्रोबाट प्रतिनिधित्व गर्ने गरेका छन् । उनले जनकपुरधाम र काठमाण्डौंबाट प्रकाशन हुने मोफसलकै पहिलो पत्रिका टुडे एक्सप्रेस, राष्ट्रिय दैनिकमा समेत राशिफल प्रकाशन गर्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय