जनकपुरधाम । महोत्तरीको बर्दिबास नगरपालिका १ स्थित कटुवाल खोलाले बगाउँदा एकजना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७३ वर्षीय सरुणे कामी रहेका छन् ।

सोमवार मध्यरातमा बाढीले उनलाई बाढीले बगाएको थियो । करिब १२ घण्टापछि मंगलवार उनको शव बेपत्ता भएको स्थानदेखि करिब ६ सयमिटर पश्चिम फेला परेको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

आफ्नै ज्वाँईको सुँगुरको खोर हेर्न गएको बेला कामीलाई बाढीले बगाएको थियो । जनकपुरस्थित प्रादेशिक अस्पतालमा पोष्टमार्टम पश्चात उनको शव परिवारजनको जिम्मा लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय