महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बिचोलियाहरुको बिगविगी बढ्दै गएको गुनासाहरु आईरहेको बेला प्रहरीलाई घुस खुवाएर मुद्दा मिलाई दिने भन्दै ठगि गर्ने दुई जना पक्राउ परेका छन ।

प्रहरीले गोप्य सूचनाको आधारमा महोत्तरी प्रहरीले जलेश्वर नगरपालिका वार्ड नम्बर १० निवासी ईसराईल अंसारी तथा जलेश्वर नपा वार्ड नम्बर १ निवासी शिवली अंसारीलाई ठगिको आरोपमा पक्राउ गरिएको हो । अंसारीद्दयले बिभिन्न व्यक्तिहरुसंग पैसा ठगि गरेको प्रहरीले जनाएको छ । ठगि गरेको पैसा समेत यीनीहरुले खर्च गरिसकेकोले प्रहरीले उनीहरुको बारे जानकारी हुँदा हुँदै पनि प्रमाणको अभावमा उनीहरुमाथि सार्वजानिक शान्ति बिरुद्धको मुद्दा चलाएको जनाएको छ ।

प्रहरी स्रोतले जानकारी दिए अनुसार यी दुईले विगतमा पनि विभिन्न कार्यालयहरुमा बिचोलियाको रुपमा ठगिकार्य गर्दै आएको छ । यस प्रकारको व्यक्तिहरुको कारण प्रहरीहरु ब्दनाम हुने गरेको प्रति जिल्ला प्रहरीमा यस घटनाबारे जानकारी पाएका अधिकांश प्रहरी अधिकारीहरुको दुखेसो रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय