इनरुवा। सुनसरीको सीमावर्ती क्षेत्रबाट १६५ केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरी र सीमा प्रहरी चौकी भाण्टावारीबाट खटिएको टोलीले नियमित गस्तीका क्रममा शनिबार राती २ः४५ बजेको समयमा १६५ केजी गाँजासहित एक जनालाई पक्राउ गरेको हो । प्रहरीले सुनसरीको कोशी गाँउपालिका–८ स्थित राजमार्ग दक्षिणपट्टि रहेको पानीटंकी नजिक प्लाष्टिकले बेरी शङ्कास्पद रुपमा राखिएको ६ थान बोरा फेला पारेको थियो ।

उक्त बोरा खोली हेर्दा लागु औषध तयारी गाँजा देखिएकाले गाँजाधनीको खोजी गर्ने क्रममा नजिकै कोशी गाँउपालिका–८ का ४० वर्षीय गणेश यादवलाई फेला पारी नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो ।

पक्राउ परेका यादवमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम जिल्ला अदालत सुनसरीबाट आइतबार म्याद थप गरी अनुसन्धान कार्य भइरहेको थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय