मोरङ जेष्ठ । बैशाख १ गते । मोरङको लेटाङमा छुरा प्रहार गरेर शुक्रबार राति एक युवकको हत्या गरिएको छ। छुराले हानेर लेटाङ नगरपालिका–३ का २२ वर्षीय रोमन राईको हत्या गरिएको प्रहरीले जनाएको छ। राति ८:४५ बजेतिर लेटाङकै त्रिसूली चोकमा अन्य दुई युवासँग भएको विवादले उग्ररुप लिएपछि उनीमाथि छुरा प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए।

उनकाअनुसार पेटमा छुरा प्रहार गरिएपछि गम्भीर घाइते बनेका राईको उपचारका लागि विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पताल ल्याउँदै गर्दा बाटैमा राति १०:३० बजेतिर मृत्यु भएको हो।राईलाई लेटाङ–३ कै १८ वर्षीय सुशील दर्जी र दिलबहादुर लिम्बूले छुरा प्रहार गरेको प्रहरीले जनाएको छ।

घटनापछि फरार रहेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक रोमन अर्याल नेतृत्वको टोलीले लेटाङबाटै शनिबार बिहान पक्राउ गरेको छ। अर्यालकै नेतृत्वमा घटनाको अनुसन्धान भइरहेको जानकारी डीएसपी राईले दिए। प्रहरीका अनुसार हत्या गरिएका राई लेटाङमै पुल हाउस सञ्चालन गरेर बसेका थिए। अरुका ट्याक्टर खोजेर ढुंगा, बालुवा लगायतका निर्माण सामाग्री ढुवानीका लागि ठेक्कामा लगाउने काम पनि उनले गर्दै आएको पाइएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न दर्जी र लिम्बू ट्याक्टरका मजदुर हुन्। आफूहरुलाई काम लगाएको पैसा लामो समयसम्म नदिएको भन्दै दुवै जनाले राईसँग विवाद सुरु गरेको डीएसपी राईको भनाइ छ। त्यही विवाद उग्र बनेर हत्यासम्मको घटनामा परिणत भएको पाइएको जानकारी उनले दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय