विराटनगर । बैशाख ३० गते । उच्च अदालत विराटनगरले किशोरी बलात्कारको आरोप लागेका सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले दिएको बन्दी प्रत्यक्षीकरण रिट खारेज गरेको छ । उनलाई रिहा गर्न माग गर्दै पीडित किशोरीकी आमाले नै उच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दयर गरेकी थिइन् । १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा गत वैशाख ८ गते इलाका प्रहरी कार्यालय धरानले गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गरेको थियो ।

धरानको डुकु होटलबाट पक्राउ परेका यादवलाई किशोरीकी आमाले दर्ता गरेको जाहेरीका आधारमा प्रहरीले बलात्कार मुद्दामा अनुसन्धान गरिरहेको थियो । तर पछि पीडित किशोरीकै आमाले आरोपीलाई छुटाउन माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दिएकी हुन् ।बिहीबार उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश मिलनकुमार राईको इजलासले प्रतिवादी प्रहरीको न्यायिक हिरासतमा रहेकाले रिट खारेज गरिदिएको अदालतका सूचना अधिकारी ओमराज सुवेदीले जानकारी दिए ।गत वैशाख ८ गते इटहरी उपमहानगरपालिका– ४ कि किशोरीलाई जागिर दिने आशमा अध्यक्ष यादवले धरानको होटलमा पुर्‍याएर बलात्कार गरेका पीडित पक्षको आरोप छ ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी ज्ञानेन्द्र बस्नेतले अनुसन्धान पूरा गरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको बताए ।बिहीबार उच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिटमा बहस हुँदा आरोपी यादवको तर्फबाट अधिवक्ता रमेश प्रसाईं र विपक्षमा उच्च सरकारी वकिलको कार्यालयको तर्फबाट उपन्यायाधिवक्ता पुरुषोतम खतिवडाले बहस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय