धोबीनी- Human Love Charity Fund द्वारा धोबिनी गाउँपालिका–५ भित्र रहेका विभिन्न मन्दिरहरूमा नवरात्रि पर्वको अवसरमा दर्शनार्थी भक्तजनहरूलाई फलफुल वितरण गरिएको छ।
नवरात्रि हिन्दू समुदायको प्रमुख धार्मिक पर्व भएकाले प्रत्येक दिन मन्दिरहरूमा विशेष पूजाआजा र भक्तजनहरूको भीड हुने गर्दछ।
यसै क्रममा भक्तजनहरूलाई सहजता मिलोस् र उनीहरूको श्रद्धा अझ परिपूर्ण होस् भन्ने उद्देश्यले संस्थाले सामाजिक उत्तरदायित्व स्वरूप यो पहल गरेको हो। फलफुल वितरण कार्यक्रममार्फत श्रद्धालुहरूलाई सेवा दिने काम मात्र नभई समाजमा आपसी सद्भाव र धार्मिक एकता बढाउने सन्देश समेत प्रवाह गर्ने प्रयास गरिएको छ।”