पर्सा । पर्साको पोखरिया नगरपालिका वडा नं ९ बैरिया स्थित पेट्रोल पम्प नजिक अाज राति करिब ११ बजे स्कार्पियो र ई रिक्सा एक अापसमा ठोकदा एक जना गम्भिर रुपले घाईते भएका छन। घाईते हुनेमा ईरिक्सा चालक बहुदरमाई नगरपालिका वडा नं-२ पिपरा गाउँ निवासी बिनय पटेल रहेको प्रहरीले जनाएका छन।

स्कार्पियो र ई रिक्सा एक अापसमा ठोकेर स्कार्पियो बिधुतको पोलमा ठोकेका छन, भने ई रिक्सा सडक नजिक खेतमा पलटेको थियोे । घटनाको जानकारी पाउने बितिकै ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी टोली र स्थानियहरु पुगेर घाईते लाई उद्दार गरी बिरगंज हेल्थकेयर अस्पतालमा पठाएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक स्वरुप शर्माले जनाएका छन। घटना स्थल बाट प्रहरीले स्कार्पियो र ई रिक्सा लयाई ईलाका प्रहरी कार्यालय पोखरियामा राखिएको र प्रहरीले स्कार्पियोका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले बताए ।