राममुर्ती साह । पर्साको धोबीनी गाउँपालिका–४ स्थित लंगडी चौकमा फूलपातीको पावन अवसरमा माता दुर्गाको विधिवत् पूजा–पाठ गरी दुर्गा पूजाको शुभारम्भ गरिएको छ। धार्मिक विधिअनुसार माता दुर्गाको पूजा–अर्चना तथा पाठ सम्पन्न भएपछि दलसिनगार साह कानुले रिबन काटेर दुर्गा पूजाको औपचारिक उद्घाटन गर्नुभएको हो।

उद्घाटन कार्यक्रममा स्थानीय अगुवा, जनप्रतिनिधि, दुर्गा पूजा समितिका पदाधिकारी तथा श्रद्धालुहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रममा सोनु पाण्डे, धोबीनी गाउँपालिका–४ का वडा अध्यक्ष अबास मियाँ, दुर्गा पूजा समितिका अध्यक्ष बिरेन्द्र कलवार, प्रमोद साह कानु, साह कलवार, कमरुल मियाँ, हरेन्द्र साह कानु, राजेन्द्र साह, लालबाबु पटेल, अलियास मियाँ, हिरामन साह कानु, राममूर्ति साह, ताराचन प्रसाद कलवार, राजनारायण पटेल, पशुराम पटेल, पत्रकार राजन कुमार बानिया, रोशन चौरसियालगायत स्थानीयवासी तथा श्रद्धालुहरूको उपस्थिति रहेको थियो।

फूलपातीसँगै लंगडी चौकमा धार्मिक उत्साह
बडादशैंको अवसरमा लंगडी चौकमा माता दुर्गाको पूजा–आराधना सुरु भएसँगै स्थानीय क्षेत्रमा धार्मिक तथा सांस्कृतिक उत्साह थपिएको छ। फूलपातीका दिन माता दुर्गाको विशेष पूजा–अर्चना गर्ने परम्पराअनुसार भक्तजनहरूले श्रद्धापूर्वक पूजा गर्दै परिवार तथा समाजमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन्।
दशैं नेपालीहरूको प्रमुख चाडमध्ये एक हो। यस पर्वमा माता दुर्गाको आराधना गर्दै असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश स्मरण गरिन्छ। दशैंका अवसरमा विभिन्न स्थानमा आयोजना गरिने धार्मिक तथा सांस्कृतिक कार्यक्रमले स्थानीय परम्परा, संस्कृति र सामाजिक सद्भावलाई निरन्तरता दिन सहयोग पुर्‍याउँदै आएका छन्।

लंगडी चौकमा सुरु भएको दुर्गा पूजाले स्थानीयवासीमा थप उत्साह र उमङ्ग ल्याएको छ। आयोजक तथा श्रद्धालुहरूले माता दुर्गाको आशीर्वादले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्य कायम रहोस् भन्ने कामना गरेका छन्।