फागुन ३०  सर्लाही___सर्लाहीको लालबन्दी नगरपालिका क्षेत्रबाट प्रहरीले प्रतिबन्धित लागुऔषध १० किलो गाँजा सहित एक युवकलाई पक्राउ गरेको छ ।विशेष सूचनाको आधारमा प्रहरी चौकी पत्थरबाट खटिएका प्रहरीले गएको विहिवार राति करिब ११ बजेको समयमा बा.४७ प ८६६४ नम्वरको मोटरसाइकलमा मासवार लालबन्दी नगरपालिका–११ बाहुनी टोलका २१ बर्षीय सोम तामाङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।

१० किलो भन्दा बढि गाँजाको तस्करी भईरहेको खवरका आधारमा प्रहरीले पत्थरकोट देखि जियाजोर जाने सडक खण्डमा सवारी साधन तथा पैदल यात्रुको चेकजाँच गर्ने क्रममा उक्त गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले बताए । पक्राउ परेका तामाङविरुद्ध लागुऔषध गाँजा सम्बन्धी मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद लिएर इलाका प्रहरी कार्यालय लालबन्दीबाट थप अनुसन्धान भइरहेको उनले बताए ।