पौष ८ बारा___  केहि दिनयतादेखि  चिसो बढ्दै गएपछि विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै बारा जिल्लाको विद्यालयमा जाडो बिदा दिएका छन् ।

यसै क्रममा  बारा जिल्लाको देवताल गाँउपालिकालें पनि सबै सामुदायीक विद्यालयहरुमा  अध्ययनरत बालबालिकाहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै यस गाँउपालिका क्षेत्र भित्र सञ्‍चालित सम्पूर्ण सामुदायिक विद्यालयहरूमा आज मंगलबार देखि बुधबारसम्म गरी २ दिनका लागि सामुदायिक तथा संस्थागत गरी सबै विद्यालयमा पठनपाठन स्थगित गरिएको जनाएको छ ।

तराई–मधेसमा एक साता यता चिसो बढ्दै गएका कारण जनजीवन प्रभावित भएको छ। हुस्सु लाग्नुका साथै चिसो हावा चल्न थालेपछि वृद्धवृद्धा,बालबालिका र दैनिक ज्याला मजदुरीमा काम गर्नेहरूलाई बढी सास्ती भएको छ।